Incident Reports

संसद् विघटनको विरुद्ध विराटनगरमा जसपाको प्रदर्शन

2020-12-23

Province 1, Morang, Biratnagar

८ पुस, विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको विरोधमा बुधबार विराटनगरमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जसपा आन्दोलित बनेको छ ।

प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै जसपाले असंवैधानिक र लोकतन्त्र विरोधी निर्णय कार्यान्यन हुन नसक्ने बताउँदै आएको छ । 

कोणसभालाई प्रदेश सांसद जयराम यादव, केन्द्रीय सदस्यहरु अमरेन्द्र शाह, तवरेज हक, भुराज राई लगायतले सम्बोधन गरेका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments