Incident Reports

प्रहरीको लाठीचार्जबाट नेकपाका कार्यकर्ता घाइते

2020-12-24

Bagmati, Chitawan, Bharatpur

भरतपुर महानगरपालिका–११ निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता ४५ वर्षीय इश्वर सापकोटा प्रहरीको लाठीचार्जबाट घाइते भएका छने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेकपाका प्रचण्ड/माधव पक्षका कार्यकर्ताले पुस ९ गते साँझ निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको थियो ।

सापकोटा नेकपा भरतपुर महानगर कमिटीका सचिव हुन् । घाइते सापकोटाको चौविसकोठी स्थित देव हस्पिटलमा उपचार भएको छ । घाइते सोपकोटाको देव्रे खुट्टामा प्लाष्टर गरिएको छ ।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसगेटतर्फबाट चौविसकोठीतर्फ मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले विथोलेपछि चितवन मेडिकल कलेज नजिकबाट मसाल जुलुस निकालेका थिए ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Excessive Use of Force
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 12
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments