Incident Reports

घोराहीमा केपी ओलीविरूद्ध मसाल जुलुस

2020-12-24

Lumbini, Dang, Ghorahi

दाङको घोराहीमा बिहीबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध विरोध पर्दशन भएको छ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका युवाले साँझ राँके जुलुस निकालेर प्रधानमन्त्री केपी ओलीविरूद्ध नारावाजी गरेका छन्।

उनीहरूले ओलीलाई प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिएर गल्ती सच्याउनसमेत माग गरे। 

‘केपी ओली मुर्दावाद, पदबाट राजीनामा दे, असंवैधानिक कदम खारेज गर’ लगायतका नारा लगाउँदै घोराहीमा मसाल जुलुस निकालेका थिए‍।

मसाल जुलस निकाले लगतै त्यहाँ ठूलो संख्यामा प्रहरी पुगेको थियो। प्रहरीले उनीहरुको हातको मसाल खोसेर निभाएको थियो।

पूर्व सभामुख कृष्णबहादुर महरा र मुख्य मन्त्री शंकर पोखरेलले चुनाव जितेको ठाउँमा लागेको यो नारालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ। महरा प्रचण्ड–नेपाल पक्षमा छन् भने मुख्य मन्त्री पोखरेल ओली पक्षधर हुन्।

दुई दिन आगडि मात्रै घोराहीमा ओलीको समर्थनमा प्रर्दशन भएको थियो। ओलीका समर्थकले पनि प्रचण्ड मुर्दावाद! भन्दै नारा लगाएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments