Incident Reports

कांग्रेस बैतडीको विरोध

2020-12-28

बैतडी, (नेस)

संसद् विघटनको विरोधमा पुस १३ गते नेपाली कांग्रेस बैतडीले पनि प्रदर्शन गर्ने भएको छ । केन्द्रीय कार्यक्रमअनुसार जिल्लामा पनि प्रदर्शन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताउनुभयो । जिल्लामा उपलब्ध पदाधिकारी, पूर्वपदाधिकारी, भातृ संस्थाका पदाधिकारीको संयुक्त बैठक बसेर पाटनमा प्रदर्शन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावनाविपरीत संसद् भंग गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्ने तयारी भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ । प्रधानमन्त्री र राष्ट्रपतिले चालेको असंवैधानिक कदमको विरोधमा प्रदर्शन गर्ने नेपाल तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments