Incident Reports

प्रतिनिधि सभा भंगविरूद्ध माइतीघर मण्डलमा प्रचण्ड-नेपाल समूहको प्रदर्शन

2020-12-25

Bagmati, Kathmandu, Kathmandu

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

शुक्रबार बिहान साढे ९ बजेदेखि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका हुन्।

उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ।

उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पनि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्।

प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments