Incident Reports

दिक्तेलमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

2020-12-25

Province 1, Khotang, Rupakot Majhuwagadhi

खोटाङ । दिक्तेलमा जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।

दिक्तेल स्थित रत्नपार्कको किँरात चोकमा आज बिहान संसद विघटन गरेको विरुद्धमा जसपाले पूर्वघोषित आन्दोलनलाई मूर्तरुप दिँदै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै जसपाका कार्यकर्ताहरुले एकोहोरो शंख बजाउँदै ओली र भण्डारीविरुद्ध नाराबाजी गरेका थिए ।

पुत्ला दहन कार्यक्रमलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments