Incident Reports

प्रधानमन्त्रीको कदमविरुद्ध गुल्मीमा पनि राँके जुलुस निकालियो

2020-12-26

गुल्मी : प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैरसंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी गुल्मीले शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ। केपी शर्मा ओली मुर्दावाद,अधिनायकवाद मुर्दावाद, जनता समाजवादी पार्टी जिन्दावाद भन्दै राँके जुलुस सदरमुकाम तम्घासको बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका जिल्ला वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले प्रधानमन्त्री ओली अधिनायकवादी भएको भन्दै संसद विघटनको निर्णय तत्काल फिर्ता लिनुपर्ने बताएका थिए। प्रधानमन्त्री र राष्ट्रपतिको गैरसंवैधानिक कदमविरुद्धमा सबै दल एक जुट भएर लाग्नुपर्नेमा जिल्ला सचिव जनक पन्तले जोड दिएका थिए। पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नै गुल्मीमा पनि राँके जुलुस निकालिएको जसपा गुल्मीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments