Incident Reports

बहुविवाहका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-06-10

Lumbini, Palpa, Tansen

Madhav Basyal पाल्पा । ०७१ जेठ २६ गते झडेवा गाविस-७ दर्लामीटोलका ३५ वर्षीय शिवबहादुर दर्लामी र उनकी कान्छी पत्नी ३५ वर्षीया निशा थापामगरलाई जेठ २५ गते जिल्ला न्यायाधीश दयानाथ खरेलको इजालासले बहुविवाहको आरोपमा पुर्पक्षका लागि थुनामा पठाएको छ । जेठी पत्नी २६ वर्षीया अञ्जु दर्लामीले जेठ ७ गते पति शिवबहादुरले सोही ठाउँकी ३५ वर्षीया निशा थापामगरसँग एक महिना अगाडि बहुविवाह गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी थिईन् । उजुरीका आधारमा प्रहरीले दुवैजनालाई जेठ २३ गते गिरफ्तार गरी अनुसन्धान गरेकोमा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएको इन्सपेक्टर कृष्ण सापकोटाले बताए । माधव बस्याल

0 Comments

Related Reports
Related Trend Analysis