Incident Reports

Accused Rapist Released on Date

2014-06-10

Bagmati, Sindhuli, Kamalamai

Sindhuli, balatkaarka aropit sadharan tarekhma riha. Sindhuli/June 9 Shishir Gautam, 9, of Kamalamai Municipality-5, held in custody on charge of raping a 9-year-old girl, has been released on general date. District Judge Devendra Poudel’s single bench on June 9 instructed for his release on the general date, registrar Manoj Srivastab said. The girl’s family had filed a complaint on May 18 saying that the girl was raped on May 5 at his home and that she was arrested on May 5. Ananda Dahal सिन्धुली । ०७१ जेठ २६ गते एक ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका कमलामाई नपा-५ का २२ वर्षीय शिशिर गौतम जिल्ला अदालतको आदेशमा साधारण तारेखमा रिहा भएका छन् । सिन्धुली जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको जेठ २६ गते बसेको एकल इजलासले आरोपितलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिए पछि उनी रिहा भएका हुन् । जेठ २६ गते थुनछेक हुँदा अ.बं.४७ वमोजिम साधारण तारेखमा राखि मुद्दाको कारबाही किनारा गर्ने आदेश भएको जिल्ला अदालतका श्रेष्तेदार मनोज श्रीवास्तवले जनाए । आरोपितले पीडित ालिकालाई वैशाख २२ गते बेलुका आफ्नै घरको कोठामा लगि डरत्रासमा देखाई बलात्कार गरेको भनि पीडितका आफन्तले जेठ ४ गते प्रहरीमा उजुरी गरेका थिए । पीडित पक्षले प्रहरीमा उजुरी गरेपछि आरोपित गौतम फरार रहेकोमा प्रहरीले जेठ २२ गते कमलामाई नपा-६ बाट गिरफ्तार गरी जेठ २६ गते अदालत पेश गरेको थियो । वालिकाको जेठ ८ गते सिन्धुली जिल्ला अस्पतालमा स्वास्थ परीक्षण भएको थियो । आनन्द दाहाल

0 Comments

Related Reports
Related Trend Analysis