Incident Reports

जसपाले जनकपुरधाममा पनि निकाल्यो मसाल जुलुस

2020-12-26

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम : संसद विघटनको विरोधमा जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)ले मसाल जुलुस प्रदर्शन गरेको छ।

जसपाले घोषणा गरेको ५ दिने आन्दोलनको कार्यक्रम अन्तर्गत शनिवार ठाउँ ठाउँमा मसाल जुलुस प्रदर्शन गरिएको हो। सोही अनुरुप जनकपुरधाममा समेत मसाल जुलुस प्रदर्शन गरिएको हो।

जनकपुरधामको जनकचोकबाट शुरु भएको मसाल जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्नै लाग्दा प्रहरीले अवरोध सिर्जना गर्ने प्रयास गरेको थियो। सहभागी जसपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नारावाजी समेत गरेका थिए। कडा सुरक्षा हुँदाहुँदै प्रहरीहरुका बीचमा जसपाका कार्यकर्ताहरु मसाल जुलुस प्रदर्शन गर्न सफल भएका हुन्।

संसद विघटन गरी प्रधानमन्त्री ओलीले गैर संवैधानिक कदम चालेको भन्दै जसपाका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको निरकुंश प्रवृतिविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरु एकजुट भएर प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको बताए।

जसपाको पुस १२ गते आइतवार देशैभरी बृहत् प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments