Incident Reports

संसद विघटनविरुद्ध काठमाडौँमा नागरिक समाजको प्रदर्शन 

2020-12-26

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ– नागरिक आन्दोलनका अगुवाहरुले संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको बृहत् नागरिक आन्दोलनले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको हो ।

बृहत् नागरिक समूहले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गरेको छ ।

गत आइतबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको कदमको विराध भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले गणतन्त्र धरापमा परेको नागरिक अगुवाहरूको ठहर छ ।

यसअघि शुक्रबार नागरिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने निर्णय संघीयता, समावेशितालगायतका उपलब्धिका लागि समेत खतरा बनेको जनाएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments