Incident Reports

प्रहरीलाई छक्याउँदै वीरगंजको गल्लीगल्लीबाट जसपाले निकाल्यो मसाल जुलुस

2020-12-26

Madhes, Parsa, Birgunj

वीरगंज :

पर्सा प्रहरीले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहनको कार्यक्रममा हस्तक्षेप गरेपछि जनता समाजवादी पार्टी (जसपा)ले विरोधको कार्यक्रमको स्वरुप र रणनीति बदलेर मसाल जुलुस निकालेको छ। अपरान्ह ५ बजे देखि मसाल जुलुस गर्ने पूर्व निर्धारित कार्यक्रम अन्तर्गत शनिवार साँझ ५ बजेदेखि घण्टाघरबाट मसाल जुलुस नगरी घण्टाघरबाट १ किलोमिटर टाढाबाट विभिन्न गल्ली तथा सडक मार्गबाट मसाल जुलुस निकाली घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो।

घण्टाघर बजार क्षेत्रमा चारै तिरबाट जुलुस निकालिएपछि पर्सा प्रहरीको लागि तनाव भएको थियो। मसाल खोस्न र निभाउन उनीहरुलाई हम्मेहम्मे भएको थियो। प्रहरीलाई छक्याउन जसपा पर्साका नेताहरुले यस्तो रणनीति बनाएको बताएका छन्। गत पुस ५ गते प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेपछि जसपा नेपाल अहिले चरणबद्ध विरोधको कार्यक्रम गर्दै सडक आन्दोलनमा सक्रिय भएको छ। जसमा सडकमा र्‍याली, पुतला दहन र मसाल जुलुस भइसकेका छन् भने अन्य विरोधका कार्यक्रम अगामी दिनमा पनि जारी राख्ने बताएको छ। जसपाका नेता रामनरेश यादव, जगदीश कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहलाद गिरी, रमेश कुर्मी, मन्जुर आलम, करिमा बेगम, महासचिव निजामुद्दीन समानी, शिव पटेललगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments