2020-12-27
वीरगंज : वीरगंज नाका भएर पछिल्लो समय चेलीबेटी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाने क्रममा बढेको छ। गत कात्तिक ५ गतेदेखि भारतले एकतर्फी रुपमा नाका खोलेपछि दलालहरुले नेपाली चेलीबेटीलाई आर्थिक प्रलोभनमा पारी भारत लैजान थालेको सीमानाकामा काम गर्ने गैरसरकारी संस्थाहरुले बताएका छन्।
पछिल्लो समय वीरगंज नाका भएर चेलीबेटी र महिलाहरुको उद्धार गर्ने आफन्त नेपाल संस्थाकी कविता यादवले भारतले सीमा खोलेपछि दलालहरुको आँखा नेपाली चेलीबेटीमाथि परेको बताइन्। उनले विभिन्न प्रलोभन देखाएर भारतको बिहार, युपी, दिल्ली, मुम्बइलगायत शहरहरुमा बेच्न लगिरहेको अवस्थामा कतिपय युवतीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको बताइन्।
पर्साको तथ्यांक हेर्ने हो भने चालू आवको साउनदेखि मंसिरसम्म १४ जना बालिका र २४ जना महिला गरी ३८ जनालाई वीरगंज नाकाबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार शुरुमा फेसबूकबाट साथी बन्ने, त्यसपछि केही दिन संवाद गर्दै भारतमा रोजगारी दिने भन्दै दलालहरुले प्रलोभन देखाउँछन्। त्यसपछि रक्सौलसम्म आफ्नो खर्चमा आउन र त्यसपछि उनीहरुले खर्च गर्ने शर्त राखी चेलीबेटीलाई रक्सौल रेलवे स्टेशनसम्म बोलाउँछन्। भारतको विभिन्न शहरको रेस्टुरेन्ट, बार, आर्केस्ट्रालगायत गलत ठाउँमा त्यहाँका साहुसँग मोटो रकम लिएर चेलीबेटीलाई बेच्ने गरेका छन्।
गत आवको १२ महिनामा ३४ महिला, २८ जना बालिका र १ जना बालक गरी कुल ७३ जनालाई सीमानाकाबाट उद्धार गरी परिवारजनको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मातहत रहेको महिला तथा बालबालिका सेलकी इन्चार्ज नन्दकला टमाटाले बताइन्।
विशेषगरी मध्यनेपाल र पूर्वी नेपालको जिल्लाहरुबाट गरीब, विपन्न परिवारका चेलीबेटीलाई ललाइफकाइ दलालहरुले भारतमा बेच्न लग्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD