Incident Reports

नवनियुक्त मन्त्री चौधरीविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा प्रदर्शन

2020-12-26

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीविरुद्ध उनको आफ्नै निर्वाचन क्षेत्रमा प्रदर्शन भएको छ । 

नेता, कार्यकर्तालाई धोका दिएको भन्दै नेकपा प्रचण्ड–नेपाल पक्षधरले शनिबार कैलालीको हसुलिया बजारमा प्रदर्शन गरेका हुन् । उनीहरूले मन्त्री चौधरीको पुत्लासमेत दहन गरेका छन् ।

जनयुद्धसमेत लडेका चौधरीले प्रचण्डको साथ छोडेपछि स्थानीयस्तरमा उनीविरुद्ध व्यापक असन्तुष्टि बढेको हो । खास गरेर यसअघि उनीसँगै रहेका पूर्वमाओवादी नेता, कार्यकर्ता विरोधमा खनिएका छन् । मन्त्री चौधरीले नेता, कार्यकर्तालाई धोका दिएर मन्त्री पदको लोभमा अर्को समूहमा गएका नेकपा जिल्ला सदस्य उर्मिला चौधरीले बताइन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी यही क्षेत्रबाट संविधानसभा सदस्यमा समेत निर्वाचित भएका थिए । प्रचण्ड प्रधानमन्त्री भएका वेलामा उनी कृषिमन्त्री भएका थिए ।

गत ५ पुसमा कैलारी गाउँपालिका–१, हसुलियामा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताको भेला भएको थियो । त्यो भेलामा चौधरीले प्रधानमन्त्री केपी ओलीविरुद्ध भाषण गरेका थिए । संसद् विघटनको कदम संविधानविपरीत भएको भन्दै उनले त्यसका विरुद्ध दृढताका साथ उभिन स्थानीय नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए ।

भेलामा प्रधानमन्त्री केपी ओलीको चर्को विरोध गरेका चौधरीले एकाएक आफूहरूलाई धोका दिएर ओलीकै गुटमा गएको स्थानीय कार्यकर्ताहरूले बताएका छन् । 

‘उनी (गौरीशंकर) अवसरवादी रहेछन् । यहाँ कार्यकर्ता भेलामा प्रधानमन्त्रीको चर्को विरोधमा भाषण गरे । काठमाडौं नपुग्दै मन्त्री पद खान गए ।’ प्रचण्ड–नेपाल पक्षमा रहेका कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले भने, ‘कार्यकर्तालाई धोका दिएर गएकाले उनी आफ्नै क्षेत्रमा एक्लिएका छन् ।’

प्रचण्डनिकट मन्त्री चौधरी शनिबार दिउँसोसम्म पनि काठमाडौंको माइतीघरमा प्रचण्ड–नेपाल पक्षले गरेको विरोध कार्यक्रममा सहभागी थिए । बेलुका भने उनी एकाएक मन्त्रीको शपथ खान पुगेका थिए । 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments