Incident Reports

दाहाल–नेपाल पक्षद्वारा सिन्धुलीमाडीमा प्रदर्शन

2020-12-27

Bagmati, Sindhuli, Kamalamai, Ward 6

सिन्धुली — संसद् विघटनविरुद्ध दाहाल–नेपाल पक्षले आइतबार सिन्धुलीमाडीमा प्रदर्शन गरेको छ । नेकपा पार्टी कार्यालय अगाडि सडकबाट निस्किएको र्‍यालीले सदरमुकाम सिन्धुलीमाडीको बजार परिक्रमा गरेको थियो ।

४ दिन अगाडि कमलामाई नगरपालिका–६ दुई नम्बर बजार पुछारमा रहेको पार्टी कार्यालयमा ओली पक्षले ताला लगाइ कब्जा गरेको जनाएको थियो । आइतबार दुवै पक्षले पार्टी कार्यालयमा कार्यक्रम राखेका थिए । पार्टी कार्यालयमा झडपको सम्भावना बढेपछि बिहानैदेखि सुरक्षाकर्मीले घेरा हालेर बसेका थिए । प्रहरीले दुवै पक्षलाई छिर्न दिएनन् ।

दाहाल–नेपाल पक्षले पार्टी कार्यालय अगाडिको सडकलाई केन्द्र बनाएर र्‍याली सुरु गरेका थिए भने ओली पक्ष गएनन् । असंवैधानिक कदम फिर्ता गर, पार्टी एकता कायम गर जस्ता नारा र्‍यालीमा लगाइएको थियो । ढिलो गरी दाहाल–नेपाल पक्षमा खुलेका पूर्वकृषिमन्त्री एवं विघटित सांसद हरिबोल गजुरेलले संविधानमा नै नभएको अधिकार प्रधानमन्त्रीले प्रयोग गरेकाले संसद् विघटन नहुने बताए । गलत कदम भएरै विरोधमा उत्रिनु परेको उनको भनाइ थियो । पार्टी कार्यालय ओली पक्षले कब्जामा लिएको भने उनले स्वीकारेनन् । गजुरेलले भने, ‘कब्जा भएको छैन्, चाबी हामीसँग पनि छ ।’ सुरक्षकर्मीले घेरेकाले मुठभेडमा नजानका लागि कार्यालयमा नगएको गजुरेलले बताए ।

विघटित सांसद गणेश पहाडीले संविधान र गणतन्त्रको रक्षाका लागि सडकमा ओर्लिएको बताए । यसअघि नखुलेका कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री पनि र्‍यालीमा सहभागी भए । ओली पक्षले पनि आइतबार नै ९ वटै स्थानीयतहमा कार्यक्रम गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments