Incident Reports

संसद विघटनविरुद्ध हुम्लामा राप्रपाको प्रदर्शन

2020-12-27

Karnali, Humla, Simkot

सिमकोट– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हुम्लाको सदरमुकाम सिमकोटमा प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्न कार्य असंवैधानिक भएको भन्दै राप्रपाले प्रदर्शन गरेको राप्रपाका हुम्ला अध्यक्ष सुमन रावतले बताए।

राप्रपाका केन्द्रीय सदस्य वृषबहादुर महत र हर्षबहादुर शाहीको नेतृत्वमा सिमकोटमा प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा उनीहरुले राजसंस्था र हिन्दु राष्ट्रको समेत माग गरेका छन्।

र्‍याली पार्टी कार्यालयबाट काली चोक, बालमन्दिर काठेचुली, कुलेटा, जिल्ला प्रशासन, धुपी रुख, सिम एयरपोर्ट चोक हुँदै लोकतन्त्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments