Incident Reports

बोक्सी आरोपमा कुटिएकी महिलाद्वारा उजुरीl

2014-06-09

Madhes, Saptari, Shambhunath

Manohar Kumar Pokhrel सप्तरी । ०७१ जेठ २६ गते सीतापुर गाविस-८ की ३० वर्षीया प्रमिला अधिकारीलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय गोविन्द अधिकारी, निजका भाइ ३५ वर्षीय श्याम अधिकारी, श्यामकी पत्नी ३० वर्षीया ममता अधिकारी, २५ वर्षीय दीपनारायण गुप्ता, निजकी बहिनी २२ वर्षीया शान्ति गुप्ता र ५१ वर्षीय सीताराम मण्डलविरुद्ध पीडितले जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपितहरुले जेठ २० गते कथित बोक्सीको आरोप लगाउँदै हात-खुट्टा बाँधी कपडा च्यात्दै कुटपिट गरी अभक्ष खुवाएको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । कुटपिटका क्रममा १५ वर्षीया छोरी रम्भा र बुबा ६० वर्षीय सरयुग राउतलाई समेत चोटपटक लागेको पीडितले बताइन् । ससुरा प्रथमलाल अधिकारी, सासू करियाइदेवी र छोरीका साथ जिल्ला प्रहरी कार्यालय आएकी पीडितले निवेदनमा आरोपितहरुलाई कारबाही गरी जिउधनको शान्ति सुरक्षाको माग गरेकी छन् । पीडितका ससुराका अनुसार वैशाख महिनामा आरोपितहरुले बोक्सी भन्दै कुटपिट, गालीगलौज नगर्ने भनी सहमति गरी लिखित प्रतिबद्धता गरेपनि पुनः जेठ २० गते कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी पीडितले स्थानीय क्लिनिकमा उपचार गरिरहेको बताएकी छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis