Incident Reports

ओलीको असंवैधानिक कदमविरुद्ध पर्सामा जसपाको प्रदर्शन

2020-12-27

पर्सा : अनायाश प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघठन असंवैधानिक भएको भन्दै त्यसको विरुद्धमा जनता समाजवादी पार्टी ( जसपा ) नेपाल पर्साले विरोध प्रदर्शन गरेको छ। असंवैधानिक कदम नसच्चिएसम्म निरन्तर आन्दोलन गरिरहने बताउँदै आएको जसपाले आज पनि पर्सामा प्रदर्शन गरेको हो।

जसपा पर्साका नेता कार्यकता सहभागी प्रदर्शनले वीरगन्ज नगर परिक्रमा गरी वीरगन्जको घण्टाघर चोकमा कोण सभा गरेको छ। कोण सभालाई प्रदेश २ का प्रदेश सभासदस्य रमेश पटेल, करिमा बेगम, शिव पटेल लगायतका जसपाका नेता कार्यकर्ताले सम्बोधन गरे। संबोधनका क्रममा असंबैधानिक कदम अविलम्ब सच्याउनु पर्ने, संसद स्थापना गरिनु पर्ने कुरामा उनीहरुको जोड छ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य पुरुषोत्तम झा पर्सा अध्यक्ष राम नरेश यादव लगायतका नेता कार्यकर्ता र समर्थकको सहभागिता रहेको थियो।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments