Incident Reports

रक्सी खाएर होस्टेल तोडफोड गर्ने डाक्टर पक्राउ

2020-12-27

Province 1, Sunsari, Dharan

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टेलमा रहेका एक इन्टर्न डाक्टरलाई बाहिरबाट साथी ल्याएर होस्टेल तोडफोड गरेको आरोपमा  प्रहरीले पक्राउ गरेको छ । 

गएराति करिब ११ बजेतिर इन्टर्न डाक्टर रोशन यादव र उनका साथी केशव यादवले रक्सी खाएर मातेर होस्टेलबाहिरका साथी लिएर गई होस्टेलमा तोडफोड गरेको प्रतिष्ठान होस्टेल प्रशासनले जनाएको छ । 

घटनालगत्तै उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका यादव सप्तरी भारदहका साथी केशव यादवलाई लिएर होस्टेल पुगेका थिए । 

प्रतिष्ठानको नियमअनुसार होस्टेलमा विद्यार्थीबाहेक अन्य व्यक्तिलाई वेश निषेध गरिएको छ । सुरक्षाका लागि प्रत्येक होस्टेलमा सेक्युरिटी गार्ड राखिएको छ । तर, यादवले गार्डलाईसमेत धम्क्याएर प्रवेश गरेको बताइएको छ । 

तोडफोडमा संलग्न इन्टर्न यादव पटकपटक कानुनी कारबाहीमा परेका व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानमा अस्पताल निर्देशकको नाममा चेक काटेर पैसा निकालेको आरोपमा उनलाई कारबाही भएको बताइएको छ ।

विनाहेलमेट मोटरसाइकल चलाएर ट्राफिक कारबाहीमा परेपछि प्रहरीलाई नै रडले हानेर घाइते बनाएको मुद्दामा उनलाई कारबाही गरिएको थियो । 

हिजो राति नै पक्राउ गरिएको उनीहरूलाई सोमबार अदालतमा म्याद थप गरी कारबाही अगाडि बढाइने इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports