Incident Reports

ओलीको कदमविरुद्ध धनगढीमा प्रदर्शन

2020-12-28

Sudurpashchim, Kailali, Dhangadhi

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता धनगढी बजारमा नियमित जनप्रदर्शन बढेको छ । ओली सरकारले गरेको निर्णय संविधान विपरित रहेको भन्दै धनगढीमा विभिन्न दलले प्रदर्शन गरिरहेका हुन् ।  यस्तैमा आज काँग्रेसले विरोध प्रर्दशन गरेको छ । काँग्रेले ओलीको असंवैधानिक कदमकाविरुद्ध प्रदर्शन गरेको हो । यद्यपी विरोध प्रदर्शनपछिको सभामा सहभागीले चुनावका लागि पनि पार्टी तयार रहेको बताएका छन् । 

कैलालीको क्षेत्र नम्बर ५ क्षेत्रीय समितिले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै जिल्ला सभापति नरनारायण शाह (मनू)ले निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए।  सभाअघि धनगढीको क्याम्पस चोकबाट सुरु भएको विरोध र्याली ट्राफिक चौराहामा पुगेर कोण सभामा परिणत भएको थियो। 

  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments