Incident Reports

ओलीको कदमविरुद्ध धनगढीमा प्रदर्शन

2020-12-28

Sudurpashchim, Kailali, Dhangadhi

यसैबीच जनता समाजवादी पार्टीले पनि धनगढीमा प्रदर्शन गरेको छ । जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रिय सदस्य मिनराज बडुले जनताको मतलाई लत्याउ“दै प्रधानमन्त्री र राष्ट्रपतिले गरेको संसद विघटन मान्य नहुने बताए । उनले तत्काल संसद सुचारु गरी देशलाई ठुलो दुर्घटना हुनबाट जोगाउनु पर्नेमा जोड दिए । उनले सरकारको अलोकतान्त्रिक कदमका विरुद्ध सवैले आ–आफ्नो क्षत्रबाट विरोध गर्नुपर्ने बताए ।

केन्द्रिय सदस्य प्रेममति रानाले प्रधानमन्त्री ओलीको इसारामा उच्च अदालतले विना प्रमाण शेरम चौधरी लगायत थारु नेतालाई कारावास सजाय सुनाएको भन्दै सो निर्णय नमान्ने बताइन् । जसपा कैलालीका अध्यक्ष गयाप्रसाद कुस्मीले केपी ओली एक्लैले संसद विघटन गरेर देशमा अराजकता निम्त्याउन खोजेको भन्दै त्यसका विरुद्ध सवै एकजुट हुनुपर्ने बताए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments