Incident Reports

भक्तपुरमा प्रचण्ड - नेपाल समूहका युवा - विद्यार्थीले निकाले मसाल जुलुस

2020-12-28

काठमाडौं । ससद विघटनको विरोध गर्दै नेकपा (प्रचण्ड नेपाल) निकट युवा र विद्यार्थी संगठनले भक्तपुरमा मसाल जुलुस निकालेका छन् । बाराहीस्थानबाट निकालिएको मसाल जुलुस राम मन्दिर हुँदै नेकपाको पार्टी कार्यालय अगाडि पुगेर समापन गरिएको थियो । सो कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा, युवा संघका नेता दिपक थापा, युवा संघका केन्द्रीय सदस्य दिनेश थपलियालगायतले सम्बोधन गरेका थिए । 

यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशभर खटिएका छन् । नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments