Incident Reports

प्रम ओलीले चालेको कदमका विरुद्ध पर्वतमा मशाल जुलुस

2020-12-28

पोखरा न्यूज । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै त्यसको विरुद्धमा पर्वतमा मशाल जुलुस प्रदर्शन गरिएको छ । जनताले दिएको जनमतको सम्मान गरी प्रतिनिधिसभाको पुनः स्थापनाको माग गर्दै राष्ट्रिय युवा सङ्घ नेपाल पर्वत र अनेरास्ववियु पर्वतले सोमबार मसाल जुलुस प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने कदम राष्ट्रघाती रहेको भन्दै त्यसका विरुद्ध मशाल जुलुस प्रदर्शन गरिएको अनेरास्ववियु पर्वतका अध्यक्ष तेज प्रसाद शर्माले बताउनुभयो । शर्माका अनुसार कुस्माको मैत्री चोकबाट सुरु भएको मसाल जुलुस लोकतन्त्र चोक, प्रगति चोक हुँदै शिवालय चोकमा गएर कोणसभामा परिणत गरिएको हो । कोण सभामा बोल्दै जिल्ला अध्यक्ष शर्माले प्रम ओलीले असंवैधानिक र राष्ट्रघाती कदम नसच्याएसम्म आन्दोलन जारी रहने र आन्दोलनको बलमा संसद् पुनः स्थापना गराएर छाड्ने बताउनुभयो ।

कार्यक्रममा अनेरास्वबियू पर्वतका पूर्व अध्यक्ष सुवासचन्द्र पौडेलले संविधानको मर्म भावना र जनमतको अपमान हुने गरी प्रम ओलीले चालेको कदम कुनै पनि हालतमा सह्य नहुने बताउनुभयो । कार्यक्रममा युवा सङ्घ पर्वतका अध्यक्ष बलराम नेपालीले प्रम ओलीका विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । नेकपा कुस्मा नगर कमिटीका अध्यक्ष शङ्कर गिरीले आन्दोलनको बलबाट संसद् पुनः स्थापना गरेर छाड्ने बताउनुभयो ।

पछिल्ला केही दिनयता प्रधानमन्त्री ओलीले चालेको कदमका विरुद्ध देशै भरी विरोध प्रदर्शन भइरहेका छन् । यसैबिच नेकपा पर्वतले यही पुस १४ गतेका लागि तय गरेको विरोध प्रदर्शन कार्यक्रमलाई व्यवस्थित र संयम ढङ्गले गर्ने गरी तयारी पुरा गरेको बताएको छ । विरोध कार्यक्रमका लागि जिल्लाभरबाट कार्यकर्ताहरूलाई सदरमुकाम ल्याउने गरी तयारी थालेको पाटी सचिव सुदिप कुँवरले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments