Incident Reports

यौन दुर्व्यवहारको आरोपमा प्रहरी जवान निलम्बित l

2014-06-09

Province 1, Morang, Pathari Shanishchare

Sukdev Chaudhary मोरङ । ०७१ जेठ २७ गते हराएकी एक युवतीलाई खोज तलासपछि फेला पारी इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखेको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै एक प्रहरी जवान कारबाही स्वरुप निलम्बनमा परेका छन् । ओखलढुङ्गा जिल्ला घर भई इलाका प्रहरी कार्यालय सिजुवा मोरङमा दरबन्दी रहेका प्रहरी जवान ३४ वर्षीय रुपेन राई पथरीमा कार्यरत अवस्थामा मादक पदार्थ सेवन गरी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले जेठ २६ गते निलम्बन गरेको जनाइएको छ । जेठ २२ गते विराटनगर उमनपा घर भएकी २० वर्षीया युवती हराएको जिल्ला प्रहरी कार्यालयमा निदेवन दिएपछि खोजतलास गर्ने क्रममा प्रहरीले उर्लाबारी गाविसबाट जेठ २५ गते फेला पारेको थियो । उनलाई तत्काल परिवारको जिम्मा लगाउन नसकेपछि अलग्गै महिला हिरासतमा राखेको इन्स्पेक्टर खगेन्द्र खड्काले जानकारी दिए । घटनामा संलग्न आरोपितलाई निलम्बन गरी थप अनुसन्धान भई जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis