Incident Reports

ओलीको असंवैधानिक कदमबिरुद्ध हुम्लामा विरोध प्रर्दशन

2020-12-29

सिमकोट- नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड मावब पक्षले हुम्ला जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम बिरुद्ध बिरोध प्रर्दशन गरेको छ।

उक्त पक्षको केन्द्रीय कार्यक्रम अनुसार हुम्लामा पनि बिरोध प्रर्दशनी तथा कोण सभा सम्पन्‍न भएको हो।

निर्धारित कार्यक्रम बन्दा सवा घण्टा ढिलो गरि सुरु भएको कार्यक्रममा नेकपा प्रचण्ड माधब समुहका कार्यकर्ताहरुले पाटी एकताका पक्ष र प्रधानमन्त्री बिरुद्ध चर्का नारा लगाएका थिए।

पार्टी कार्यालय सदरमुकाम सिमकोटको तल्लो बजारबाट प्रहरी र प्रशासन कार्यालय अगाडी हुदै महिला छात्रावास, कुलेटा, काठेचुली, बालमन्दिर काली चोक हुदै लोकतन्त्र चोकमा आइर कोण सभामा परिणत भएको थियो नेकपाको कर्णाली प्रदेश कमिटी सदस्य लोक बहादुर हमालको नेतृत्वमा प्रर्दशनी भएको थियो।

कोण सभामा सिमकोट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष नर बहादुर भण्डारीले प्रधानमन्त्रीको असंबैधानिक कदम सच्चिनु पर्ने र प्रतिनिधि सभा पूनस्थापना हुनु पर्नेमा जोड दिएका थिए। नेकपा प्रचण्ड माधव पक्षका तल्लो तहका सबै कार्यकर्ताहरुको निचोड पनि पाटी एकता हो भन्ने पक्षमै रहेकोले अहंकारी ओली गए पनि अरु पक्षमा एकताबद्ध हुनु पर्ने उनले बताएका थिए।

कर्णाली प्रदेश कमिटिका सदस्य हमालले पनि प्रधानमन्त्रीको कदम असंबैधानिक भएकोले यो तत्काल सच्चिएर पार्टी एकता हुनु पर्नेमा जोड दिएका थिए।

उक्त समुहले सोचे अनुसारको जुलुश भने निकाल्न नसकेको देखिएको थियो। विरोध कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतको पनि उपस्थिती रहेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments