Incident Reports

छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक गिरफ्तार l

2014-06-09

Province 1, Morang, Rangeli

Sukdev Chaudhary मोरङ । ०७१ जेठ २७ गते रंगेली गाविस-४ स्थित आदर्श निमाविका एक शिक्षकले आफ्नै विद्यार्थीलाई दुई वर्षदेखि दुर्व्यवहार गर्दै आएको आरोपमा जेठ २६ गते प्रहरीले गिरफ्तार गरेको छ । टकुवा गाविस-४ निवासी शिक्षक २६ वर्षीय मनोजकुमार साहले छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको हो । कक्षा ८ मा अध्ययनरत १३ र १४ वर्षको उमेर समूहका चार बालिकाहरूलाई कक्षा कोठामै दुर्व्यवहार गर्दै आएको विद्यार्थीहरूले आफ्ना अभिभावकलाई बताएपछि घटना बाहिर आएको हो । अभिभावकहरूले जेठ २६ गते प्रहरीमा उजुरी दिएको आधारमा शिक्षक साहलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका रंगेलीका इन्स्पेक्टर माधव काफ्लेले जानकारी दिए । घटनाको सम्बन्धमा विद्यालयका प्रधानाध्यापक हरिनारायण दासले चासो नलिएको भन्दै अभिभावकहरूले कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए । आरोपित शिक्षक साह आफूले कुनै विद्यार्थीलाई दुर्व्यवहार नगरेको दाबी गरेका छन् । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis