Incident Reports

बलात्कारका आरोपित बालक बालसुधार गृहमा l

2014-06-10

Manohar Kumar Pokhrel सप्तरी । ०७१ जेठ २७ गते एक ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई अदालतले जेठ २७ गते बालसुधार गृह पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको बन्द इजलासले आरोपितलाई बालसुधार गृह पठाउने आदेश भएको अधिवक्ता सुजित पोखरेलले जानकारी दिए । पीडितकी हजुरआमाले आरोपितविरुद्ध वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी उजुरी जेठ २ गते दर्ता भएको थियो । घरअगाडि खेलिरहेकी नर्सरी कक्षामा अध्ययनरत बालिकालाई चकलेटको लोभ देखाई आरोपितले आफ्नै घरभित्र लगि वैशाख ३० गते दिउँसो बलात्कार गरेको पीडितका हजुरबुबाले बताए । पीडितको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा वैशाख ३० गते स्वास्थ्य परीक्षण भएको थियो । आरोपितलाई प्रहरीले जेठ १ गते गिरफ्तार गरेको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis