Incident Reports

५ बालक को उद्धार

2014-06-11

हेटँैंडँः मकवानपुरको हेटौंडा नगरपालिकाको चुरियामाई र गढी गाविसका ५ बालबालिकालाई फरक–फरक स्थानबाट उद्दार गरी परिवारको जिम्मा लगाइएको छ । भारतको विहार राज्यको मुजफरपुरस्थित निर्देश बाल गृहबाट ३ जना बालकहरु उद्दार गरिएको हो । बैङ्लोरको महेशपुरस्थित एक वौद्ध गुम्बामा लामा भाषा सिक्न भनी परिवारको सहमतिमा गएका बालकहरु गुम्बाबाट भागेर अलपत्र परेको अवस्थामा निर्देश बालगृहले उद्दार गरेर राखेको बताइएको छ । निर्देश बालगृहबाट सिविन बाल हेल्पलाइनले उद्दार गरी उनीहरुलाई नेपाल ल्याइएको हो । भारतको बालगृहबाट उद्दार गरी जिल्ला बाल कल्याण समिति बाराका बालअधिकार अधिकृत राम सुदेश राय यादव, जिल्ला प्रहरी कार्यालय÷महिला तथा बालबालिका सेवा केन्द्र बाराका प्रहरी सहायक निरीक्षक सञ्जीव यादव, हिमराइट्स बाराका जिल्ला कार्यक्रम संयोजक ओम प्रकाश गिरि, सानो पाइला संस्थाका उमेश आचार्य र माइती नेपाल वीरगञ्जकी सानुमाया लगायतको उद्दार टोली गएका थिए । उक्त टोलीले उद्दार गरी बारा ल्याए पश्चात् सिविन बाल हेल्पलाइन मकवानपुरका सामाजिक कार्यकर्ता विजय थोकर र हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक सोम स्याङ्तान, बालकहरुका अभिभावकको टोलीले जिल्ला बाल कल्याण समिति बाराबाट बालकहरु हेटौंडा ल्याएको हो । गढी–३ स्थायी घर भएका बालकहरु १४ वर्षीय दावा स्याङ्तान, १३ वर्षीय सुकुलाल बोम्जन र पञ्चराम लुङ्बा रहेका छन् । दावालाई १३ महिना अघि, सुकुलाल र पञ्चरामलाई ३ वर्षअघि भारतमा लामा भाषा पढ्न भनी अभिभावकको सहमतिमा मुजफरपुर लगिएको अभिभावकले बताएका छन् । हेल्पलाइनले उद्दार गरिएका बालकहरुलाई अभिभावकको जिम्मा लगाइएको बाल हेल्पलाइनका कार्यक्रम अधिकृत झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । यस्तै भार्ता गाविस–५ सस्र्यु स्थायी घर भई हाल चुरियामाई, नया“वस्तीमा बस्ने १३ वर्षीया अस्मिता प्रजा र ५ वर्षीया सुस्मिता प्रजालाई भक्तपुरको बोडेस्थित एक गलैंचा कारखानाबाट उद्दार गरिएको छ । बालिकाहरुलाई केन्द्रीय बाल कल्याण समिति काठ्माडौं, सिविन बाल हेल्पलाइन काठ्माडौं, श्रम कार्यालय काठमाडौं, जिल्ला प्रहरी कार्यालयको टोलीले उद्दार गरेको हो । टोलीले बालिकाहरुको उद्दार गर्नुका साथै कारखाना सञ्चालक सेराप लामाबाट ३० हजार रुपैया“ क्षतिपूर्ति तथा जरिवाना गराएको छ । उद्दार गरिएका बालिकाहरुलाई बाल हेल्पलाइन काठमाडौंबाट बाल हेल्पलाइन मकवानपुरमा स्थानान्तरण गरी ल्याइएको थियो । बाल हेल्पलाइनले बालिकाहरुको अभिभावकलाई सम्पर्क गरी परिवारको जिम्मा लगाइएको हेल्पलाइनकी बालिका सशक्तीकरण सहजकर्ता सम्झना अधिकारीले बताउनुभयो । बालिकालाई गत कात्तिक महिनामा गलैंचामा काम गर्न लगिएको थियो । उद्दार गरी परिवारको जिम्मा लगाइएको बालबालिकाहरुलाई हेल्पलाइनले आवश्यकतानुसार शैक्षिक सहयोग समेत गर्ने बताइएको छ । प्रभा बी क / प्रतिक्षा न्यौपाने

0 Comments