Incident Reports

लुम्बिनी प्रादेशिक अस्पतालमा चिकित्सक तथा कर्मचारी माथि हातपात

2020-12-25

Lumbini, Rupandehi, Butwal

अस्पतालमा काम गर्न असुरक्षा भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन्।

अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना दिन बाध्य भएको उनीहरूले बताएका छन्।  

गत पुस १० गते ११ बजे राति उपचारको लागि अस्पतालमा ल्याइएका बिरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकलाई हातपात गरेको उनीहरूले बताए।  

बिरामीका कुरुवा अनुराग रसाइलीले ड्युटीमा रहेका १ जना चिकित्सक र ३ जना प्यारामेडिकलाई हातपात गर्नुको साथै अपशब्द बोलेको डाक्टर राजेन्द्र बहादुर क्षेत्रीले बताए।  

बिरामीको अवस्था जटिल रहेको कुरुवालाई जानकारी दिँदा चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएको क्षेत्रीले बताए।  

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हातपात गर्ने कुरुवालाई कारबाहीको माग राख्दै अस्पताल प्रशासन र प्रहरीमा उजुरी दिए पनि कुनै कारबाही प्रक्रिया अघि नबढ्दा आफूहरू आन्दोलित हुन बाध्य भएको बताएका छन्।  

कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले जानेर बिरामीको ज्यान जोखिममा पार्ने नभई बिरामीलाई निको बनाउने प्रयासमा रहने भए पनि आफूहरूमाथि हातपात हुने गरेका घटना भने नघटेकोप्रति उनीहरूले चिन्ता व्यक्त गरेका छन्।  

बिरामीका आफन्तहरूको सहयोगले नै बिरामीहरूको उपचारमा सघाउ पुर्‍याउनुपर्नेमा कुरुवाहरू संवेदनशील नबन्दा आफूहरू असुरक्षित भइरहनु परेकोले अस्पतालमै धर्ना दिन बाध्य भएको स्वास्थ्यकर्मी राजेन्द्र राईले बताए।  

राईले दोषीमाथि कारबाही नहुँदासम्म आफूहरूको धर्ना जारी रहने बताए।

बिहीबार पहिलो दिन इमर्जेन्सी विभागमा कार्यरत चिकित्सक र कर्मचारी गरी ५० जनाले धर्ना दिएको राईले बताए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports