Incident Reports

सभासद् शाहीमाथि दुर्व्यवहार, गृहमन्त्री समक्ष शान्ति सुरक्षाको माग l

2014-06-11

Bagmati, Kathmandu, Kathmandu

Vivek Dhungana काठमाडौँ । ०७१ जेठ २८ गते संविधानसभा सदस्य रीता शाहीले आफूलाई जेठ २८ गते एक अपरिचित युवकले नयाँबानेश्वरस्थित संविधानसभा भवनको तीन नम्बर गेट अगाडि आक्रमण गरी दुर्व्यवहार गरेको बताइन् । हुम्ला जिल्ला घर भएकी शाही नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट समानुपातिक सभासद् हुन् । यसैबीच सभासद्माथि दुर्व्यवहार भएको घटनापछि शान्ति सुरक्षाको माग गर्दै आजै महिला सभासदहरूले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई भेटेर ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षणका क्रममा उपप्रधान तथा गृहमन्त्री गौतमले सभासदहरूको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताएको मन्त्री गौतमको भनाईलाई उदृत गर्दै पीडित सभासद् शाहीले इन्सेक प्रतिनिधिलाई जानकारी दिइन् । नयाँवानेश्वरस्थित संविधानसभाको भवनभित्र प्रवेश गर्न लाग्दा आफूमाथि अपरिचित युवकले शरीरमा हात हाल्न खोजेको र प्रतिकार गर्न खोज्दा दुई मुक्का हानी फरार भएको पीडित सभासद शाहीले बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis