Incident Reports

बोक्सीको आरोप लगाउने विरुद्ध मुद्दा l

2014-06-11

Madhes, Mahottari, Bhangaha

Ishwari Kafle महोत्तरी । ०७१ जेठ २८ गते हतिर्सवा गाविस -९ की ५५ वर्षीया सुमित्रादेवी साहलाई बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा सोही गाविस-३ की ४० वर्षीया पहुनियादेवी हुजेदार र उनकी छोरी १८ वर्षीया सरिता कुमारी हुजेदारलाई ०७१ जेठ २८ गते प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको छ । पीडित साहले एकसाता अघिनै प्रहरीमा उजुरी दिए पनि दुवै पक्षराखि सत्य बुझ्ने भन्दै प्रहरीले उजुरी दर्ता गरेको थिएन । आरोपित सरिता कुमारीलाई शरीरमा शिवजी उत्रने हल्ला चलेकाले हेर्न गएकी सुमित्रा साहलाई आरोपितद्वयले बोक्सीको आरोप लगाउँदै कुटपिट गरी अभक्ष खुवाउने प्रयास गरेको पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ । टाउको र पेट दुख्ने गरेकाले झारफुक गराउन पुगेकी साहलाई आफूले जानेको शिप प्रयोग गरी झारफुक गरेको अन्य कुनै अपराध नगरेको आरोपित सरिताले बताइन् । महिना दिनदेखि शरीरमा शिवजी उत्रेको भन्दै सरिताले अस्वाभाविक क्रियाकलाप गर्ने गरेकी थिइन् । कन्याकेटीको शरीरमा शिवजी उत्रेको भन्दै गाउँलेहरू धुप अगरबतीले आरती गर्दै आफ्ना शरीरका दुःख सुनाउँथे र उनी पीडितको टाउकोको केश समातेर हल्लाउँदै बर्बराउने गर्दथिन् । कसैकसैलाई लौरोले कुटने पनि गरेको स्थानीय बताउँछन् । आरोपित सरिता कहाँ आफ्नो भूत, भविश्य हेराउन जानेको भिडनै लाग्ने गरेको स्वयम् पीडितनै बताउँछिन् । पीडित साह पतिबाट समेत पीडित बनेको गुनासो छ । उनका अनुसार आफू बोक्सी भएको हल्ला गाउँभरी फैलाउने अरु कोही नभएर उनकै पति राधेश्याम साह हुन् । राधेश्याम पत्नी सुमित्रसँग झगडा गरी भिन्दैबस्दै आएका छन् । पतिको अर्की महिलासँग लसपस भएकाले आफूलाई हेला गरेको सुमित्रको आरोप छ । पतिसँग छुटकारा पाउन आफूले धर्म परिवर्तन गरी क्रिश्चियन बनेको सुमित्रा बताउँछिन् । ईश्वरी काफ्ले

0 Comments

Related Reports
Related Trend Analysis