Incident Reports

दुई चिनियाँको अपहरण आरोपमा विदेशी नागरिकसहित ४ जना पक्राउ

2021-01-07

Bagmati, Kathmandu, Kathmandu, Ward 9

दुई जना चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 

प्रहरीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ का ३२ वर्षीय दावा पासाङ लामा, ३२ वर्षीय माइला भन्ने भक्त लामा, चीन आङ्गखोई उहु घर भई काठमाडौं ठमेल बस्ने वू चाओ र सान्दोङ्ग छिन्दिय घर भएका झ्याङ वेईलाई प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूले गत आइतबार बिहान काठमाडौं महानगरपालिका-९ गौशालाको तिलगंगास्थित आनन्द होटलबाट दुई जनालाई अपहरण गरी लगेका थिए। 

सो होटलबाट चार/पाँच जनाको समूहले लुइ वेइपिङ र ली जीआओनिङलाई नम्बर नखुलेको ट्याक्सीमा हालेर लगेको परिसरका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए। 

उनीहरू दुबैलाई जबरजस्ती सिन्धुपाल्चोकको मार्मिङ्गसम्म पुर्‍याई बन्धक बनाएका थिए। उनीहरू बन्धक बनाइ कुटपिट गरेको भनेर अर्का चिनियाँ साथी चउ चफिङ्गले परिसरमा उजुरी दिएका थिए। 

त्यसपछि खटिएको टोलीले अपहरणमा संलग्नहरूलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिई अनुसन्धान अघि बढाएको छ। 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Abducted 2
National/Online Media

0 Comments

Related Reports