Incident Reports

तीन बालश्रमिकको उद्धार l

2014-06-11

Amrit Giri रुपन्देही । ०७१ जेठ २९ गते होटल तथा रेस्टुरेन्टमा काम गरिरहेका १४ वर्षमुनिका तीन बालश्रमिकको जेठ २८ गते उद्धार गरिएको छ । जिल्ला बाल कल्याण समिति रुपन्देहीको पहलमा बालश्रमिकहरूको उद्धार गरिएको हो । बालश्रम न्युनीकरणका लागि पहल गर्न अधिकारकर्मीहरूले गरेको आग्रहपछि बालकल्याण समितिले बालश्रमिक खोज्न होटल तथा रेस्टुरेन्टहरूको अनुगमनका क्रममा छुट्टाछुट्टै होटल तथा रेस्टुरेन्टहरूमा काम गरिरहेका तीन जना बालबालिकाहरूको उद्धार गरिएको हो । अर्घाखाँची जिल्ला चिदिका गाविस-२ घर भई भैरहवाको बर्मेलीटोल स्थित पशुपति अर्यालको होटेलमा काम गरिरहेका एक १० वर्षीया बालिका, चितवन माडी गाविस-९ घर भई भैरहवामा चाउमिन बनाउने ठेलामा काम गरिरहेका दुई जना १२ वर्षीय बाल श्रमिकहरूको उद्धार गरिएको बालकल्याण समितिका संयोजक उषा रावलले बताइन् । उद्धार गरिएका बालबालिकालाई सम्बन्धित परिवारलाई बुझाइने उनले बताइन् । अनुगमन समितिमा श्रम कार्यालय, बुटवलका कार्यालय प्रमुख वेदप्रसाद उपाध्याय, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चिन्तामणि बुढाथोकी र सदस्य सचिव जिल्ला बालकल्याण समिति, रुपन्देहीकी बाल अधिकृत राज्यलक्ष्मी गुप्ता रहेका छन् । बाल बालिकालाई गैरकानुनी रूपमा श्रममा लगाएको भन्दै होटलका मालिकहरू ४० वर्षीय पशुपति अर्याल, ५३ वर्षीय चन्दबहादुर महत र ४० वर्षीय महेश लिगललाई श्रम कार्यालय बुटवलले नियन्त्रणमा लिएको जिल्ला बाल कल्याण समितिकी बाल अधिकार अधिकृत राज्य लक्ष्मी गुप्ताले बताइन् । उनीहरूलाई बाल श्रम एन अनुसार कारबाही गरिने श्रम कार्यालयका प्रमुख बेदप्रसाद उपाध्यायले बताए । अमृत गिरी

0 Comments