Incident Reports

दोलखामा सिठ्ठी जुलुस सहित काङ्ग्रेसको प्रदर्शन

2021-01-09

Bagmati, Dolakha, Bhimeshwor

संसद् विघटन विरूद्ध देशभरका प्रादेशिक निर्वाचन क्षेत्रहरुमा आन्दोलन घोषणा गरेको काङ्ग्रेसले दोलखामा सिठ्ठी जुलुस सहित प्रदर्शन गरेको छ। प्रदेशिक क्षेत्र नं २ ले जिल्ला सदरमुकाम चरिकोटमा सिठ्ठी जुलुससहित प्रदर्शन गरेको हो।

जिल्ला पार्टी कार्यालयबाट निस्किएको जुलुसले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो। सातदोबाटो चोकमा आयोजित कोणसभालाई पार्टीका पूर्व जिल्ला सभापति ताराबहादुर कोइराला, जिल्ला नेताहरु ईश्वर मानन्धर, केशवराज चौलागाई, गिता शिवाकोटी, जयराम श्रेष्ठ, भोजराज चौलागाई लगायतले सम्बोधन गरेका थिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments