Incident Reports

बलात्कारका आरोपितलाई थुनामा राख्ने आदेश l

2014-06-12

Province 1, Khotang, Sakela

DM Chamling Rai खोटाङ । ०७१ जेठ २९ गते एक १४ वर्षीय सुस्त मनस्थितिकी बालिका बलात्कार गरेको आरोपमा बोपुङ गाविस-२ का ६० वर्षीय पदम बहादुर सार्कीलाई जिल्ला अदालत खोटाङले पूर्पक्षका लागि थुनामा राख्न जेठ २९ गते आदेश दिएपछि कारागार शाखा दिक्तेल चलान गरिएको छ । आरोपितले बालिकालाई ०७० माघ महिनादेखि नै विभिन्न प्रलोभन देखाई बलत्कार गर्दै आएको र पछिल्लो पटक ०७१ वैशाख ३० गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ ५ गते इलाका प्रहरी कार्यालय चिसापानीमा दिएको उजुरीको आधारमा आरोपितलाई जेठ ६ गते गिरफ्तार गरी मुद्दा चलाईएको थियो । जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले आरोपितलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका सई यादव गौतमले बताए । बालिकाले आफूलाई आरोपितले पटकपटक बलत्कार गरेको भनी अभिभावकलाई बताएपछि घटनाको विषयमा खुलासा भएको थियो । बालिकाको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा जेठ ७ गते स्वास्थ्य परीक्षण भएको थियो । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis