Incident Reports

प्रधानमन्त्रीविरुद्ध पाटनमा बयलगाडा प्रदर्शन

2021-01-10

Bagmati, Lalitpur, Lalitpur

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल खेमा) आवद्ध अनेरास्ववियूले लगातार प्रदर्शन गर्दै आएको छ।

सोही क्रममा अनेरास्ववियूले आइतबार बिहान ललितपुरको पाटन क्याम्पस अगाडि बलयगाडा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनतामाथि घात गरेको भन्दै उनीहरुले बलयगाडा प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा बलिदानबाट प्राप्त संविधान विपरित हुने गरि संसद भंग गरिएको उनीहरुले उल्लेख गरेका छन् ।

एमसिसी पास गराउने र मृत राजतन्त्रको पुनरागमनका लागि देशीविदेशी शक्तिको उक्साहट र डिजाईनमा ओली प्रयोग भएको आरोप उनीहरुको छ ।

      

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments