Incident Reports

खेलकुद मन्त्रीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दा l

2014-06-13

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, जेष्ठ २९ - राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले खेलकुदमन्त्री पुरुषोत्तम पौडेलविरुद्ध बिहीबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका छन् । सर्वोच्चले आफूलाई पदस्थापना गरेको भए पनि मन्त्री पौडेलले त्यसको पालना नगरेको भन्दै उनीबाट अदालतको अवहेलना भएको लामाको ठहर छ । मन्त्रीले आफूलाई कार्यालय जान समेत नदिएकाले उनलाई हदैसम्मको कारबाही हुनुपर्ने जिकिर लामाले निवेदनमा गरेका छन् । सर्वाेच्चले गत साता २६ गतेसम्मका लागि मन्त्रीले लामा लगायतका परिषदा ६ पदाधिकारीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । मन्त्रीले जेठ २ गते लामासहितका ६ जनालाई हटाउने निर्णय गरेका थिए ।

0 Comments

Related Reports
Related Trend Analysis