Incident Reports

पृथ्वी जयन्तीको अवसरमा निकालेको र्‍याली प्रहरीको धरपकड

2021-01-11

Bagmati, Kathmandu, Kathmandu, Ward 11

२७ पुस, काठमाडौं । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीका क्रममा भद्रकालीमा प्रहरीसँग धकेलाधकेल भएको छ ।

बाजागाजासहित र्‍यालीमा सहभागीहरु मुल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो । प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई धरपकड गरेपछि केही समय धकेलाधकेल भएको हो ।

केही समय धकेलाधकेल भएपछि र्‍यालीमा सहभागीले प्रहरीविरुद्ध नारा लगाउँदै सिंहदरबारको पश्चिम गेटको पृथ्वीनारायण शाहको शालिकतिर अगाडि बढ्न खोजेका छन् । तर प्रहरीले रोक्न खोजेको छ ।

तस्वीर : आर्यन धिमाल 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Entity Political Organizations/Groups supporting Monarchy
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments