Incident Reports

मानव बेचबिखनका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-06-15

Natibabu Dhital सिन्धुपाल्चोक । ०७१ असार १ गते बराम्ची गाविस-२ स्थित सोतीगाउँकी १९ वर्षीया कबिता घिमिरेलाई जिल्ला अदालतले मानव बेचबिखनको आरोपमा असार १ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । आरोपितले गुम्बा गाविस-५ की १८ वर्षीया एक महिलालाई बिक्री गर्ने उद्देश्यले काठमाडौँ लैजान लागेको आरोपमा जेठ ६ गते साँगाचोक गाविस-९ स्थित बन्देउबाट प्रहरीले गिरफ्तार गरेको थियो । पीडितले जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिन् । पीडितले दिएको जाहेरीमा गुम्बा गाविस १ स्थित गुण्डेगाउँका राम तामाङले पीडितको नागरिकतामा उमेर बढाउन कबिता घिमिरे संग साथ लगाएर सदरमुकाम चौतारा पठाएको उल्लेख छ । आरोपित राम तामाङ भारतमा बस्दै आएका छन् । आरोपित कबिता घिमिरेको भनाई अनुसार राम तामाङको निर्देशन अनुसार आफुले पीडितलाई सदरमुकाम बाट काठमाण्डौ लैजान लागेको बताएकी छन् । नातिबावु धिताल

0 Comments