Incident Reports

सुरक्षाको माग गर्दै पति विरुद्ध प्रहरीमा उजुरी l

2014-06-15

Bagmati, Chitawan, Bharatpur

Sabitri Sapkota चितवन । ०७१ असार १ गते गीतानगर गाविस-२ की ३५ वर्षीया पुनम घलेले आफ्नो र छोराछोरीको जीउधनको सुरक्षाको माग गर्दै पति ३९ वर्षीय वीरबहादुर घले विरुद्ध असार १ गते जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिइन् । पतिले दोस्रो विवाह गरी आफू र आफ्ना छोराछोरीलाई दिनहुँ मार्ने धम्की दिएको साथै कुटपिट गरी घरबाट समेत निकाला गरेको उनले बताइन् । पतिले घरनिकाला गरेपछि विगत दुई महिनादेखि छोराछोरी लिएर भरतपुर नपा-१० मा डेरा लिएर बस्दै आएको पीडितले बताइन् । घरमा कोही नभएको मौका पारी पतिले डेरा घरमा नै आई जेठ ३१ गते आफू र छोराछोरीलाई कुटपिट गरेको उनको भनाई छ । दिनहुँ कुटपिट गर्ने र अन्यत्र गई बस्दा पनि मार्ने धम्की दिँदै कुटपिट गर्ने गरेकोले उनले आफ्नो र छोराछोरीको जीउधनको सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएको पीडितले बताइन् । आरोपितलाई प्रहरी कार्यालयमा झिकाई दुवै पक्षलाई राखेर छलफल गराई पीडितलाई सुरक्षाको प्रत्याभुति दिलाउन पहल गर्ने महिला सेलका अर्सइ शान्ता पण्डितले बताइन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis