Incident Reports

बलात्कार प्रयासका आरोपित सैनिक जवान विरुद्ध एक वर्षकैद सजाय l

2014-06-15

Province 1, Solukhumbu, Dudhkaushika

DM Chamling Rai खोटाङ । ०७१ असार १ गते एक १६ वर्षीय सञ्चारकर्मी युवतीलाई बलात्कार प्रयासका आरोपित सोलुखुम्वु जिल्ला काँगेल गाविस-८ घर भई जबरजगंग गण मुढे व्यारेक दिक्तेलमा कार्यरत सिपाही २६ वर्षीय उपेन्द्र बस्नेतलाई असार १ गते सैनिक अदालतले एक वर्षकैद सजायको फैसला गरेको छ । उनलाई फैसला भएसँगै कारागार शाखा दिक्तेल थुनामा पठाईएको छ । सैनिक अदालतले फैसला भएकै दिनदेखि आरोपितको जागिरबाट समेत निलम्बन भएको फैसला गरेको जबरजंग गण मुढे व्यारेकका गणपति रामबहादुर थापाले बताए । गणपति थापाका अनुसार आरोपितले भविष्यमा कुनै पनि सरकारी जागिर र हालसम्म पाउनुपर्ने सेवासुविधा पाउँदैनन् । पीडितलाई ०७० चैत २१ गते साँझ दिक्तेल गाविस-६ स्थित थामखोरे जङ्गलमा बलात्कार प्रयास गरेपछि आरोपित विरुद्ध पीडितको तर्फबाट जिल्ला प्रहरी कार्यालय खोटाङमा ०७० चैत २२ गते उजुरी परेको थियो । आरोपितलाई जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्दकुमार शाहको नेतृत्वमा गएको प्रहरीले घटना भएकै दिन गिरफ्तार गरेर नेपाली सेनाको जबरजगंग गण मुढे व्यारेकमा जिम्मा लगाएको थियो । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis