Incident Reports

जातीय विभेद गर्ने अर्सइलाई कारबाहीको माग गर्दै उजुरीl

2014-06-15

Province 1, Dhankuta, Sangurigadhi, Ward 5

Santosh Ruchal धनकुटा । ०७१ असार १ गते आफूमाथि असईले जातीय विभेद गरेको भन्दै डाडाँबजार गाविसस्थित ओख्रे प्रहरी चौकीमा दरबन्दी रहेका प्रहरी जवान ३० वर्षीय युवराज परियारले जिल्ला प्रहरी कार्यालयमा असार १ गते उजुरी दिएका छन् । जिल्लाको डाडाँबजारस्थित ओख्रे प्रहरी चौकीमा दरबन्दी भई हाल डाडाँबजारस्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत नेपाल प्रहरीका असई नवराज कार्कीले जातीय विभेद गरेपछि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयका एसपी इश्वरीप्रसाद चापागाईलाई उजुरी दिएको पीडित युवराज परियारले इन्सेक प्रतिनिधिलाई बताए । आफ्नो दरबन्दी ओख्रेमा भए पनि पाँच महिनादेखि डाडाँबजारस्थित अस्थायी प्रहरी पोष्ट डाँडाबजारमा परियार कार्यरत थिए । अर्खौलेजितपुर गाविसस्थित प्रहरी चौकीमा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट डाडाँबजारमा कार्यरत अर्सइ कार्कीले बारम्बार सानो जातिको भन्दै सबैसँग बस्न नदिई छुट्टै बसेर खाना खानु पर्ने, खाना पकाउन नदिने, खाना थप्न भान्साकोठामा पनि जान नदिने गरेको परियारले बताए । असई कार्कीले पटक-पटक अपमानजनक व्यावहार गर्ने, खाना खाँदा तथा पकाउँदा समेत विभेद गर्ने तथा अपमानजनक ढङ्गले गालीगलौज गर्ने गरेपछि बाध्य भएर कारबाहीको माग गर्दै उजुरी दिएको पीडित परियारले बताए । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा सर्म्पर्क गर्दा परियारले आफूलाई लिखित निवेदन दिएको एसपी इश्वरीप्रसाद चापागाईले बताए । उनले घटनाको प्रारम्भिक चरणलाई हर्ेदा घटना खासै गम्भीर नभएको र असई कार्कीसँग स्पष्टीकरण माग गरिएको बताए । उनले घटनाको सत्यतथ्य बुझेर प्रतिवेदन पेस गर्नका लागि इलाका प्रहरी कार्यालय राजारानीका इन्सपेक्टर सुरेन्द्रप्रकाश श्रेष्ठलाई निर्देशन समेत दिईएको पनि एसपी चापागाईले बताए । घटनाको विषयमा आफूलाई मौखिक रुपमा पीडित स्वयम आएर जानकारी गराएको उल्लेख गर्दै आरोपित असई कार्कीलाई कडा कारबाही गर्नुपर्ने दलित एकता समाज धनकुटाकी पर्ूव संयोजक कोपिला शंकरले बताईन् । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis