Incident Reports

बन्धक बालकहरुको उद्धार, बन्धक बनाएको आरोपमा पति-पत्नी गिरफ्तार l

2014-06-16

Province 1, Morang, Dhanpalthan

Sukdev Chaudhary मोरङ । ०७१ जेठ ३१ गते सोराभाग गाविस-३ कसिर्या स्थित इम्मानुएल कसिर्या चर्चमा बन्धक बनाईका १३ जना बालकहरुको उद्धार गरी बन्धक बनाई शारीरिक र मानसिक यातना दिएको आरोपमा ४५ वर्षीय जोसेफ मरण्डी र उनका पत्नी ४० वर्षीया लाउलामलाई प्रहरीले जेठ ३० गते गिरफ्तार गरेको छ । उनीहरुले गैरकानुनी रुपमा चर्चभित्र बन्धक बनाएका हुम्लाका ११ र मोरङका २ गरी १३ जनालाई जिल्ला प्रशासन कार्यालय मोरङ, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगर, जिल्ला बालकल्याण समिति र प्रहरी सहितको संयुक्त टोलीले सोही दिन उद्धार गरेको हो । चर्चमा भएका बालकहरुको स्याहार सुसार नभएको र संस्था समेत दर्ता नभएको भन्ने उजुरी जिल्ला प्रशासनमा आएपछि प्रशासनले चर्चमा अनुगमन गरेको थियो । उद्धार गरिएका बालकहरुको जीउमा घाउ खटिरा आएको राम्रो स्याहारसुसार नभएको जनाइएको छ । टोलीद्वारा उद्धार गरिएका बालबालिकाहरुमा ३ देखि १३ वर्ष उमेर समूहका रहेका छन् । उनीहरु हुम्ला जिल्लाको स्याडा गाविस-४ का गोर्खे बुढा, रामराज बुढा, दीपेन्द्र ऐरी, खगेन्द्र बोहोरा, कैलाश बोहोरा, भुपेन्द्र बुढा, चरण बुढा, गणेश बुढा, मनिष बुढा, सुरज बुढा, महेश बुढा, मोरङ जिल्ला खोर्सा गाविसका राम तामाङ र लक्ष्मण तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्य परीक्षण कोसी अञ्चल अस्पताल विराटनगरमा गराई बाल हेल्पलाइन विराटनगरको संरक्षणमा राखिएको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिए । गिरफ्तार चर्च सञ्चालकलाई शरीर बन्धक, मानव बेचबिखन र अपहरणको मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुकदेव चौधरी

0 Comments