Incident Reports

निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समिति गठनl

2014-06-13

Bagmati, Lalitpur, Lalitpur

Ramesh Prasad Timalsina ललितपुर । ०७१ जेठ ३० गते व्यवस्थापिका-संसदको जेठ ३० गते बसेको बैठकले संविधानसभा निर्वाचन, २०७० माथि अध्ययन अनुसन्धान गरी सुझाव प्रस्तुत गर्न सात सदस्यीय विशेष समिति गठन गरेको छ । 'संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समिति, २०७१' नाम रहेको सो समिति एकीकृत माओवादीले निर्वाचनमा धाँधली भएको भन्दै छानवीन गर्न माग गरी संसद अवरोध गरेपछि अवरोध हटाउन र छानबिन गर्न गठन गरिएको हो । उक्त समितिमा सभासद्हरू लक्ष्मणलाल कर्ण, बलबहादुर केसी, भीमबहादुर रावल, कमलप्रसाद पङ्गेनी, भानुभक्त ढकाल, रामनारायण विडारी र रेखा शर्मा रहेका छन् । समितिले कार्य प्रारम्भ भएको तीन महिनाभित्र प्रतिवेदन पेस गनुपर्ने गरी अधिकार पाएको छ । गत पुस ९ गते प्रमुख दलबीच संविधानसभा निर्वाचनबारे एमाओवादीको मागका आधारमा संसदीय छानविन समिति गठन गर्ने लिखित सहमति भएको थियो । समिति गठनमा ढिलाइ भएको भन्दै एकीकृत माओवादीले चालु संसदको प्रारम्भका १२ दिन सदन अवरोध गरेको थियो । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis