Incident Reports

सप्तरीमा केटी जिस्काएको निहुँमा झडप हुँदा १५ जना घाइते

2021-01-14

Madhes, Saptari, Rupani, Ward 3

सप्तरीमा एक किशोरीलाई जिस्काएको विषयमा झडप हुँदा १५ जना घाइते भएका छन्।

रुपनी गाउँपालिका–३, हर्दिया कटैयामा स्थानीय १६ वर्षीया किशोरी जिस्काएको निहुँमा बिहीबार राति ८ बजे दुई पक्षबीच भनाभन हुनुका साथै झडप समेत भएको थियो।
झडपमा केटी पक्षका ८ जना र केटा पक्षका ७ जना गरी १५ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रवक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिए।

केटी पक्षका दिनेश सरदार ,छोटेलाल सरदार, वसन्त सरदार लगायत घाइते भएका छन् भने केटा पक्षका दीपेन्द्र मुखिया ,लक्ष्मण मुखिया, सकलदेव मुखिया सहितकाहरु समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घाइतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको डीएसपी साहले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 15
National/Online Media

0 Comments

Related Reports