Incident Reports

बलात्कार पछि लुटिएकी सीता राई घटनामा संलग्नलाई कैद र जरिवाना l

2014-06-13

Vivek Dhungana विषेश अदालतले साउदी अरबबाट फर्केकी भोजपुरकी सीता राईसँग अध्यागमन विभागका तत्कालीन अधिकृत रामप्रसाद कोइरालासहित ३ जना कर्मचारीले घुस लिएको ठहर गर्दै कैद र जरिवाना तोकेको छ । अदालतका न्यायाधीश केदारप्रसाद चालिसे, मोहनरमण भट्टराई र भुपेन्द्र राईको जेठ ३० गतेको संयुक्त इजलासले विभागका तत्कालीन अधिकृत कोइराला, टीका पोखरेल, नायब सुब्बा सोमनाथ खनाल र प्रहरी जवान पर्शुराम बस्नेतले राईबाट घुस लिएको ठहर गर्दै जनही ४ महिना कैद र ५९ हजार ७ सय जरिवाना सुनाएको हो । अदालतले यसअघिनै थुनछेक बहसमा कोइराला र पोखरेललाई २५ र २५ हजार र खनाल र बस्नेतसँग १ लाख रुपिया धरौटी मागेको थियो । तीन कर्मचारी धरौटमा रिहा भए पनि राईलाई बलात्कार गरेका प्रहरी जवान बस्नेत भने जेलमै छन् । कतारमा रोजगारी गरेर फर्केकी भोजपुरकी सीता राई नक्कली पासपोर्टमा विदेश गएको थाहा पाएपछि, मुद्दा लगाइदिने धम्की दिएर तीन कर्मचारी र प्रहरी जवानले मिलेमतो गरी उनको पैसा लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्व एक वर्षअघि घुस लिएको अभियोगमा विशष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले उनीहरू विरुद्व सीताको २ लाख ५६ हजार मिलेमतोमा घुस लिएको दाबी गरेको थियो । अख्तियारको अभियोगपत्रमा अधिकृतहरू कोइराला र पोखरेलको २५ र २५ हजार, नायब सुब्बा खनालको १ लाख ९० हजार र प्रहरी जवान बस्नेतको २ लाख ५० हजार बिगो कायम गरी बिगो बमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने उसको मागदावी थियो । विदेशबाट फर्केकी राईलाई ठगी गरेको भन्दै जिल्ला अदालत काठमाडौँले नायब सुब्बा खनाल र प्रहरी जवान बस्नेतलाई जनही ५ हजार जरिवाना सहित एकवर्षकैद सुनाइसकेको छ । त्यसैगरी ०७० पुस ५ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद कोइरालाले अधिकृतहरू कोइराला र पोखरेललाई भने सफाइ दिएको थियो । राईलाई बलात्कार गरेका प्रहरी जवान बस्नेतलाई भने जिल्ला अदालतले ५ वा ६ महिनाको कैद र ५० हजार रूपिया जरिवाना गरिसकेको छ । पीडित राईलाई पोखराका एक दलालले विमला राईको नामबाट नक्कली पासपोर्ट बनाएर साउदी पुर्‍याएका थिए । ०६९ साल असार ८ गते राई नेपाल फर्कदा अध्यागमनका कर्मचारीहरूले नियन्त्रणमा लिई बलात्कार तथा उनको पैसा लुटपाट गरी बाढेका थिए । पैसा लिएपछि राईलाई घर पुर्‍याईदिउला भनि प्रहरी जवान बस्नेतले काठमाडौँको पूरानो बसपार्कस्थित रहेको एक गेष्ट हाउसमा लगी बलात्कार गरेका थिए । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis