Incident Reports

जिल्लाका चारवटै स्थानीय तहमा कांग्रेसको प्रदर्शन

2021-01-16

मुगु, ४ माघ  । हिमाली जिल्ला मुगुमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेस मुगुले शनिबार विरोध प्रदर्शन गरेको छ । संसद् विघटन गरेर प्रधानमन्त्री केपी ओलीले जनताको मनोभावना माथि कुठारा घात गरेको भन्दै नेपाली कांग्रेसले मुगुका एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिका र अन्य तिन गाउँपालिकामा -याली सहितको विरोध प्रदर्शन गरेको गरेको हो ।

कम्युनिष्ट पार्टी नेकपाले अब कुनाकुना, गल्लीगल्लीमा पुगी टर्च लगाएर आफ्ना कार्यकर्ता खोज्ने दिन आएको बताए । विगतका दिनहरुमा नेपाली कांग्रेसलाई नेकपाले दिएको यस्तो अभिव्यक्ति स्मरण गराउँदै उपसभापति मल्लले अब कांग्रेसका ती दिन हटेको बताए ।

पहिला आफुलाई यस्ता नानाथरिका अभिव्यक्ति  दिएर जनतामाझ झुटा आश्वासन बाँड्ने, विभिन्न प्रकारका लाञ्छना लगाईएको बताउँदै नेकपाले आफ्नो दुई तिहाई सरकारको दम्भ देखाएर यस्तो अभिव्यक्ति दिएको उनको भनाई थियाे । अब यो भनाई उल्टै नेकपातिर उल्टिएको पनि उनले बताए ।

शनिबार छायानाथ रारा नगरपालिका नगर कार्य समितिले आयोजना गरेको विरोध सभामा उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य तथा प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार तिलक बहादुर मल्लले कम्युनिस्ट सरकार भ्रष्टाचारलाई संस्थागत गर्ने सरकार भएको पुष्टि भइसकेको बताए । यो सरकारले भ्रष्टाचार नियन्त्रणको आश्वासन मात्रै बाँडिरहेको उनकाे भनाइ थियाे ।  मुगु जिल्ला बाट निर्वाचित भई गएका नेकपाका ६ वटा सांसदले मुगाली जनताका चाहनाअनुसार काम नगरेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments