Incident Reports

बालिकालाई बलात्कार गर्ने आरोपित विरुद्ध मुद्दा दायर l

2014-06-15

Gandaki, Baglung, Galkot

Srijana Pant बागलुङ । ०७१ असार २ गते एक १३ वर्षीय बालिकालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा पौयुपाटा गाविस-८ का ३० वर्षीय लक्ष्मण पाठक विरुद्ध अपहरण तथा शारीरक बन्दक र जबरजस्तीकरणी सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा असार १ गते दायर भएको छ । आरोपित पाठकले ०७१ जेठ ६ गते राति बालिकाकी हजुर बुबालाई मार्ने धम्की दिएर मामाघर लैजाने बहानामा बागलुङको नारायणस्थानस्थित एक होटलमा बन्धक बनाई बलात्कार गरेको र जेठ ७ गते पोखरा, जेठ ८ गते काठमाडौँ र जेठ ९ गते नेपालगञ्ज पुर्‍याई हरेक रात बलात्कार गरेको भन्दै पीडित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यलय बागलुङमा उजुरी दिएका हुन् । घटनामा संलग्न आरोपित लक्ष्मण पाठक फरार रहेकोले खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत शैलेन्द्र खडकाले बताए । सिर्जना पन्त

0 Comments

Related Reports
Related Trend Analysis