Incident Reports

धादिङमा ७५ वर्षीया वृद्धाको ह’त्या

2021-01-07

Bagmati, Dhading, Dhunibesi, Ward 4

धादिङ, ५ माघ । धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं.४ जिम्वलगाउँमा ७५ वर्षीया वृद्धाको हत्या भयो । ह’त्या भएको ११ दिनसम्म पनि अपराधि पहिचान हुन सकेन । यो गाउँ पृथ्वी राजमार्गबाट उत्तर तर्फ पर्छ ।

पौष २३ गते साझ सानुमैया मिजर र उनको श्रीमान् ठूलो कान्छा मिजार खाना समेत नखाई आगो ताप्दै भलाकुसारी गर्दै ८ बजेपछि सुत्न भनेर भूकम्पको पुननिमार्णमा बनाएको नयाँ घरमा सुत्न भनेर हिडे श्रीमती सानुमैया भने कटेजमा सुत्न गए । तर सुत्न गएका ७५ वर्षीय वृद्धा सानुमैया मिजर कहिले नउठ्ने गरी अपराधिहरुको चंगुलमा परे ।

सधै श्रीमान् बसेको स्थानमा विहानै वोलाउन जाने वृद्धा सानुर्मैया, त्यसदिन वोलाउन नगएपछि श्रीमान् ठूलो कान्छा आँफै बोलाउन गए तर अगाडि ढोका नै चुकुल देखेपछि ठुलो कान्छा झस्किए ।

छत्रेदेउराली घर भएका ठुलो कान्छा २०४७ सालमा जिवनपुरको जिम्मल गाउँ बस्दै आएका थिए । साुनमैयाका २ छोरा १ छोरी मध्ये एउटा कान्छा छोरा केही वर्षदेखि सम्र्पकविहिन छन् । छर छिमेकमा पनि अति मिजासिला सानुमैया सवैका प्यारी थिइन् ।

घटना घटेको ११ दिनसम्म पनि अपराधि पत्ता नलाग्नु अनि अनुसन्धान पनि खुकुलो हुनुले प्रहरी प्रशासनमाथि न्याय पाउनमा संका जन्माएकोले ईलाका प्रहरी कार्यालय खानिखोला समेत छिमेकीहरुले प्रहरी घेराउ समेत गरे ।

एक अर्काको साहारा बन्दै बसेका वृद्धावृद्ध श्रीमतीको ह’त्या भएपछि वृद्धा श्रीमान् ठुलो कान्छा बेसाहारा बन्ने भएपछि छोरी सावित्री मिजारले भक्तपुर लगेर पालन पोषण गर्ने बताए ।

घटनाको अनुसन्धान कहाँ पुगेको छ ? भनेर हामिले प्रश्न गर्दा ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक रुपा थापाले अनुसन्धानको कुरा भन्न नमिल्ने बताए । घटना घटेको ११ दिन सम्म अपराधिका पहिचान नहुनु अनि स्थानीयले दिएका संकास्पद मानिस पक्राउ समेत नपर्नु प्रहरीको काम कार्वाही माथि जनता प्रति विश्वसनीयता नगुम्ला भन्न सकिन्न ।


[Update]

गहना लुट्न वृद्धाको हत्या गरेका पाँचजना काठमाडौंमा समातिए

धादिङ : धादिङको धुनीबेंसी नगरपालिका-४, जिम्बालगाउँ ढुंगेनीमा गएको पुस २४ गते राति ७५ वर्षीया वृद्धाको हत्या गरी गरगहना लुटेर फरार भएका पाँच जना काठमाडौंबाट पक्राउ परेका छन्‌।

सान्नानी सार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा सार्वजनिक गरेको हो।

कान र घाँटीमा लगाएको गरगहना लुट्नकै लागि वृद्धाको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय खानिखोलाकी प्रमुख रुपा थापाका अनुसार लुटेरा समूहले गत पुस २४ गते राती २ बजे आफ्नै घरमा सुतिरहेको समयमा सान्नानीको हत्या गरेका हुन्‌।

वृद्धाको हत्यामा संलग्न भएको आरोपमा मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ बस्ने २५ वर्षीय अनिल थिङ भनिने जय बहादुर सिंगार, खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नम्बर ९ मा जन्म भइ हाल सप्तरी जिल्ला अग्नीसाइर कृष्णसवरन गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३२ का साजन विक, ओखलढुंगा जिल्ल्ला चिशखुंसीगढी गाउँपालिका वडा नम्बर ३ मा जन्म भइ मोरङ जिल्ला विराटनगर महानगर पालिका वडा नम्बर ३ घई भइ काठमाडौं थानकोट बस्ने वर्ष २४ का अबिसराज कार्की, काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका १३ माइती घर भइ नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर ५ घर भइ काठमाडौं बाफल बस्ने वर्ष ३३ की पुष्पा कुमारी पौडेल र काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर २ घर भइ काठमाडौं कालीमाटी बस्ने वर्ष ४२ का सुन व्यवसायी धन बहादुर कालीराजलाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर र सोही संहिताको परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार ससुरालीमा बस्दै आएका अनिल थिङ भन्ने जय बहादुर सिंगारले लामो समयदेखि सान्नानीबारे जानकारी लिँदै आएको र सोही योजनाअनुसार उनको हत्या गर्नकै लागि काठमाडौंमा भेटेर छलफल गरी योजना बनाएर चार जना साथीहरू बोलाई हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

घटना भएदेखि नै धादिङ र काठमाडौँमा प्रहरीले खोजी कार्य शुरू गरेको थियो। घटनापछि शंकास्पद व्यवहार देखाउँदै आएका अनिल थिङ भनिने जय बहादुर सिंगारलाई फागुन १७ गते पक्राउ गरी बयान लिँदा घटनाको रहस्य खुलेपछि अन्य चार जनालाई गत माघ २५ गते पक्राउ गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सुनका गहना लुटपाट गर्ने योजना बनाई पहिलेदेखि ससुराली घरमा बस्दै आएका अनिलले प्रतिवादीहरूलाई काठमाडौँमा बोलाई योजना बनाएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।

योजना बमोजिम मध्यरातमा सान्नानीको घरमा पुगी टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरी गरगहना लुछि टोली राति नै गाउँबाट राजधानी फर्केको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए। ‘योजना बनाएरै हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ’, खड्काले भने।

हत्या गरी सुनका गरगहना लुटेर काठमाडौँ फरार भएका उनीहरूले भोलिपल्ट पुष्पाकुमारी पौडेलमार्फत कालीमाटीका सुन व्यवसायी धनबहादुर कालीराजलाई ५० हजार तीन सय ८९ रुपैयाँमा बेचेको र प्राप्त रकम एक-आपसमा बाँडफाँड गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ।

श्रीमान र श्रीमती अलग-अलग घरमा बसेको दिन पत्ता लगाई उनको हत्या भएको थियो। मृतक सार्कीका २ छोरा काठमाडौंमा बस्दै आइरहेका छन्‌ भने छोरीको विवाह भइसकेको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 00
National/Online Media

0 Comments