Incident Reports

असक्त महिलालाई बलात्कार गर्ने वृद्धलाई १० वर्षकैद l

2014-06-15

Pratap Bista मकवानपुर । ०७१ असार २ गते बोल्न नसक्ने अशक्त महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक वृद्धलाई १० वर्षकैद गर्ने फैसला गरेको छ । पीडकबाट १५ हजार रूपियाँ क्षतिपुर्तिस्वरुप महिलालाई उपलब्ध गराउन पनि अदालतले आदेश गरेको छ । जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारीको असार १ गते बसेको इजलाशले पालुङ गाविस-२ का ६९ वर्षीय जगतबहादुर बल लामालाई बोल्न नसक्ने अपाङ्ग र अशक्त महिलालाई बलात्कार गरेकोमा दोषी ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतले जबरजस्तीकरणी महलको ३ (५) अनुसार ५ वर्षकैद गर्ने फैसला गर्नुका साथै बोल्न नसक्ने अपाङ्ग र अशक्त महिलालाई बलात्कार गरेकोमा थप ५ वर्षगरी १० वर्षकैद गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दशरथ पंगेनीले बताए । अभियुक्त लामाले ४३ वर्षीया अविवाहित महिलालाई ०७० माघ १० गते स्थानीय जंगलमा बलात्कार गरेका थिए । महिला बाख्रालाई स्याउला लिन गएको अवस्थामा लामा पनि उनको पछिपछि गएर जंगलमा बलात्कार गरेका थिए । पीडित पक्षले माघ १८ गते दिएको उजुरीको आधारमा प्रहरीले लामालाई माघ २० गते गिरफ्तार गरेको थियो । पीडितको माघ २० गते जिल्ला अस्पताल हेटौँडामा स्वास्थ्य परीक्षण भएको थियो । जिल्ला अदालतले पीडकलाई पुर्पक्षका लागि ०७० फागुन ९ गते क्षेत्रीय भीमफेदी कारागारमा पठाएको थियो । पीडक लामाले प्रहरी र जिल्ला अदालतमा बलात्कार गरेको साविती बयान दिएका थिए । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis